मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको व्यक्तिगत इभेन्टमा नेपालका खेलाडीले खराब प्रदर्शन गरेका छन् ।
पोखरा रंगशालाको कभर्डहलमा मंगलबार पुरुष एकलमा नेपालका दिपेश धामी पाकिस्तानका मुरद अलिसँग २-१, महिला एकलमा रसिला महर्जन श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेजसँग २-१ र नङ्सल तामाङ भारतकी गायत्री गोपिचन्दसँग २–१ को सोझो सेटमा पराजित भए ।
नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गर्यो । अन्तिम १६ को पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनले जित निकाल्दै क्वार्टरफाईनल प्रवेश गरेका छन् । यो जोडीले पाकिस्तानका मुकित ताहिर र अवाईज जाहिदको जोडीलाई ३–१ को सेटमा हराएको हो ।
यसैगरी महिला डबल्समा जेसिका गुरुङ र रसिला महर्जनको जोडी पनि क्वार्टरफाईनलमा प्रवेश गरेको छ । उक्त जोडीले पाकिस्तानकै शेरा अक्रम र जावेद हुमाको जोडीलाई २–१ को सोझो सेटमा पराजित गर्यो ।
यस्तै मिक्स डबल्समा नेपालका विकास श्रेष्ठ र अनुमाया राईले पनि क्वार्टरफाईनमा स्थान सुरक्षित गरे । सो जोडीले पाकिस्तानका राजा मोहम्मद हसिन र शेरा अक्रमको जोडीलाई २–१ को सोझो सेटमा हराएको हो ।
श्रीलंकाका दिनुका निसान परेरा करुणारत्ने, दिल्मी डायस सिंगल तर्फ भने आर. करुणथिलेक र के. सिरिमांगेको जोडी मिक्स डबल्समा क्वाटरफाईनमा पुगेको छ ।
उनीहरुले वंगलादेशका मोहम्मद सलमान खान, नेपालकी रसिला महर्जन तथा वंगलादेशकै शुभो खण्डकार र बृष्टि खातुनको जोडीलाई पराजित गरेका हुन् ।
यसैगरी पुरुष सिंगल तर्फ भारतका आर्यमान टण्डनले पाकिस्तानका अमिद जाहिदलाई ३–१ को सेटमा पराजित गरे । महिला सिंगल तर्फ भारतकै गायत्री गोपीचन्दले नेपालकी रसिला महर्जनलाई सोझो सेटमा पराजित गरिन भने पुरुष डबल्स तर्फ भारतकै कृष्णप्रसाद गर्ग र ध्रुब कपिलाले वंगलादेशका शुभो खण्डाकेर र तुसहर कृष्ण रायको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो ।
महिला डबल्स तर्फ जेसिका गुरुङ र रसिला महर्जनको जोडीले पाकिस्तानका सेरा अक्रम र जावेद हुमाको जोडीलाई २१–९ र २१–१७ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा भारतका एम जाकमपुदी र एस नेलाकुर्तीको जोडीले मालदिभ्सका निला अहमद नाजिव र मिसा फत्तुल्लाहको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे ।
अर्को खेलमा बंगलादेशका वृष्टि खातुन र रहेना खातुनको जोडीले नेपालको अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, २१–२३ र २१–१६ को सेटमा पराजित गरे । त्यस्तै भारतका कुहु गर्ग र अनुस्का परिखको जोडीले भुटानको सम्झना गुरुङ र फुन्ट्सो छोदेन थिङको जोडीलाई २१–८, ११–० मा रिटायर्ड हट गराए ।
यसैगरी श्रीलंकाको ए रत्नासिरी कापुरु र यूको जोडीले पाकिस्तानका पल्वासा बसिर र महुर साहजादको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे ।
मिक्स डबल्सतर्फ श्रीलंकाका आर करुणतिलके र के श्रीमांगेको जोडीले बंगलादेशका शुभ खण्डेकर र वृष्टि खातुनको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सुमित रेड्डी र सिक्की रेड्डीको जोडीले वाकओभर दिएपछि पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडी क्वाटरफाइलनमा प्रवेश गर्यो ।
अर्को खेलमा बंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीले भुटानका कर्मा चेन्द्रु र फुन्ट्सो छोदेन थिङको जोडीलाई २१–१७ र २१–६ को सोझो सेटमा पराजित गरे ।