मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ब्याडमिन्टनको महिला टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ ।
पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।
नेपालकी नङ्शल तामाङ श्रीलंकाकी थिलिनी प्रोमादिकासँग २-० को सेटमा पराजित भईन् ।
अनुमाया राई श्रीलंकाकी दिल्मी डायससँग २-० ले पराजित भईन् ।
यस्तै सिमा राजवंशी श्रीलंकाकी निमाशिखा रत्नशिरीसँग २-० ले पराजित भईन् ।
पुरुषतर्फ पनि नेपालले कास्य जितेको थियो ।