मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ ।
पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।
नेपालका प्रिन्स दाहालले एकलमा श्रीलंकाका ससिन्धु करुणातिलकेलाई ३-१ को सेटमा हराए । प्रिन्सले २१-१८,१९-२१ र २१-१९ को जित निकाले ।
रत्नजित तामाङ निशान पर करुणारत्नेसँग २-० तथा दिपेश धामी सचिन पर्मासनसँग २-१ को सेटमा पराजित भए ।
डबल्समा दिपेश र रत्नजित श्रीलंकाका थरिन्दु र सचिनसँग २-० ले पराजित भए।
श्रीलंका फाइनल पुगेको छ । फाइनलमा श्रीलंकाले भारतसँग खेल्नेछ ।
भारतले पाकिस्तानलाई पराजित गर्यो ।