शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने

शनिबार, १४ मंसिर २०७६नमीन ढकाल
संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने

क्लबकाे फुटबल मैदान उद्घाटन सत्र । फाेटाे - खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । ब्यवसायीक फुटबल एकेडेमी बनाउने लक्ष्य सहित ए डिभिजन क्लब संकटाले तयार पारेको फुटबल मैदानको शनिबार औपचारिक उद्घाटन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवाल र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भक्तपुरमा रहेको क्लबको नव निर्मित फुटबल मैदानको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ समेत सहभागी थिए ।

संकटाले भक्तपुरको फलासेमा ३१ रोपनी जग्गा भाडामा लिएर फुटबल मैदान तयार पारेको हो । जग्गा दुई बर्ष अघि १५ बर्षका लागि लिजमा लगिएको हो । संकटाले सोही फुटबल मैदानमा करिब ८ हजार दर्शक अट्ने प्यारापिट बनाउने योजना समेत अघि सारेको छ ।

क्लबका अध्यक्ष ईन्द्रमान तुलाधरले ब्यावसायीक एकेडेमी बनाउने लक्ष्य सहित क्लबको आफ्नै फुटबल मैदान तयार गरेको बताए । उनले निकट भविष्यमा होम एण्ड अवेका आधारमा सञ्चलन गर्न लागिएको फुटबल लिगलाई ध्यानमा राखेर संकटाले आफ्नै मैदान तयार गरेको जानकारी गराए ।

सन् २००८ मा स्थापना भएको संकटा क्लबले कमल थापा, गणेश थापा लगायतका घरेलु फुटबलमा सफल फुटबलर जन्माएको ईतिहास छ ।

ए डिभिजनको तेस्रो पुरानो क्लब संकटाले फुटबल मैदान सहित सो क्षेत्रमा रिसोर्ट बनाउने योजना छ ।

कार्यंक्रमको उद्घाटन सत्रमा क्लबका अध्यक्ष तुलाधरले सागको पुर्व सन्ध्यामा विदेशी टिमका लागि अभ्यास गर्न मैदानको उद्घाटन गरिएको बताए ।

उनले फुटबल मैदान रहेको क्षेत्रमा अर्गानिक तरकारी रोप्न, विदेशी टिमको तयारी गर्न र रिसोर्ट सहितको फुटबल मैदान सञ्चालन गर्ने योजना रहेको सुनाए ।

उनले सुरुवातमा लिग खेल्दा धेरै समस्या भएपनि अहिले क्लब सहज अवस्थामा रहेको जानकारी गराए ।

उनले काठमाडौंको न्युरोड नजिकै टेबहालमा क्लबको आफ्नै भवन बनाउँदै गरेको जानकारी दिदै संकटाले ग्रासरुट फुटबलको कार्यक्रम सञ्चालन गर्ने, स्थानीय खेलाडीलाई प्रशिक्षण दिने र उत्पादन भएका खेलाडीलाई क्लबबाट खेलाउने लक्ष्य राखेको बताए ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले संकटा क्लबले नेपाली फुटबलमा कोसेढुङ्गा पार गरेको बताए । उनले क्लबलाई ब्यवसायीक बनाउने अभियान संकटाले सुरुवात गरेकोमा शुभकामना दिए । उनले लिगलाई स्थायित्व दिने योजना रहेको बताउँदै सरकारले त्यसमा सहयोग गर्नुपर्ने धारणा राखे ।

मुख्य अतिथी रमेश सिलवालले क्लबलाई पछिल्लो अवस्थासम्म पुर्याउन योगदान दिने सम्पुर्ण संकटा परिवारप्रति आभार ब्यक्त गरे । उनले संकटाले अन्य क्लबलाई राम्रो पाठ पढाएको उल्लेख गर्दै लिजमा रहेको जग्गा केही बर्षमा आफ्नै नामको बनाउन शुभकामना दिए ।

याे पनि, 

अब संकटाको आफ्नै फुटबल मैदान

 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत