काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सहभागी हुने नेपाली लन टेनिस खेलाडीलाई काठमाडौं जिल्ला टेनिस संघले नगद पुरस्कार घोषणा गरेको छ ।
खेलाडीलाई शुभकामना दिन मंगलबार आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कार घोषणा गरेका हुन् ।
मुलले स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कांस्यलाई २० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए । टेनिसमा समान ६–६ पुरुष÷महिला खेलाडी सहभागी हुँदै छन् ।