काठमाडाैं । आयोजक भ्याली पब्लिक र ग्रिनल्यानडले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा ग्रिनल्यान्ड गल्र्समा पहिलो भए ।
ब्वाइज फाइनलमा ग्रिनल्यान्डले आयोजक भ्याली पब्लिकलाई ५७–५२ ले पराजित गर्यो।
ग्रिनल्यान्डका राजीव आले मगरले ३५ अंक जोडे । गोल्डेनपिकले डाफोडिललाई ५६–४५ ले हराउदै तेश्रो भयो । विजेताका गोपाल भण्डारीले २३ अंक बटुले ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई ३०–१८ ले पाखा लगायो । भ्याली पब्लिककी सुजु गुरुङले १७ स्कोर गरिन् ।
ग्रिनल्यान्डले स्किब्सलाई २६–२२ ले पन्छ्याउदै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक बटुलिन् ।
राजीव र सोजु ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका राहुल विक तथा गल्र्समा ग्रिनल्यान्डकी सितोषना केसी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
ब्वाइजमा गोल्डेनपिकका गोपाल भण्डारी तथा गल्र्समा टीआईएकी रिन्चेन तामाङ सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, प्याब्सन प्रदेश ३ का प्रमुख थकिन गुरुङ, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खनियाँ, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कात्तिक २७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २० तथा गल्र्समा १६ टिम सहभागी थिए ।