काठमाडौं । नेपाली उमा कुङफु खेलाडीले डब्लुएमएसी वर्ल्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसिपमा ७ पदक जितेका छन् ।
अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् ।
सञ्जय पुटुवारले तीन स्पर्धामा स्वर्ण, रजत र कांस्य जिते । कमल मगरले तीन स्पर्धामा दुई रजत र एक कांस्य हात पारे । त्यस्तै रमेश महर्जनले एक स्पर्धामा कांस्य प्राप्त गरे ।
पदक विजेता खेलाडीलाई अस्ट्रियमा सम्मान पनि गरिएको थियो । वल्र्ड मार्सल आर्ट कमिटीका अध्यक्ष हराल्ड फोलाबोरी तथा महासचिव डेनिला क्लोफरले खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।
३ खेलाडीसहित व्यवस्थापक अशोक केसी मंगलबारै स्वदेश फर्किएका छन् ।