आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

फाइनलमा पोर्नतिप र गा युन भिड्ने

शनिबार, ३० कार्तिक २०७६खेलपाटी संवाददाता
फाइनलमा पोर्नतिप र गा युन भिड्ने
Classic Tech Internet Ad

काठमाडौं । योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जको महिला एकलको उपाधिका थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्कबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुञ्जीलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधि नजिक पुगिन् ।

यस्तै गा युनले जापानकी अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले पन्छाउँदै फाइनलमा पोर्नतिपसँगको भेट पक्का गरिन् ।

पुरुष एकलमा भने भियतनामका काव सुओङ्ग फाम भारतका सिरिल बर्मालाई २१–११, २१–१६ ले पराजित गर्दै उपाधि नजिक पुगेका छन् । फाम प्रतियोगितामा छैटौं स्थानमा र बर्मा ७ औं स्थान प्राप्त खेलाडी हुन् ।

अर्को खेलमा प्रतियोगितामा आठौं स्थानका अदुलराच नामकुल पाँचौ स्थानका क्यानडाका झिआउदोङ्ग सेङ्गलाई २१–१४, २१–१९ ले पन्छाउँदै फाईनलमा फामसंगको भिडन्त पक्का गरेका छन् ।

महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले तथा भारतका मनिषा के. र रुतापर्ना पान्डाको जोडी उपाधीका लागि भिड्ने भएका छन् । प्रतियोगितामा पहिलो स्थान पाएका सेताना र ग्रोन्याको जोडीले थाईल्याण्डका रुईथाईचानोक लैसुवान र सुपामार्त मिङ्गचुवाको जोडीलाई १८–२१, २१–१६, २१–१३ ले तथा चौथो स्थानका मनिषा र रुतापर्नाको जोडीले थाईल्याण्डकै चासिनी कोरेपाप र क्वान्छानोक सुजाईप्प्रापरतको जोडीलाई १७–२१, २३–२१, २१–१७ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ भने भारतका खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो सेमिफाईनलमा भारतका अत्री मनु र रेड्डी बि. सुमिथ को जोडीले कोरियाका किम दोक्योङ्ग र किम सा राङ्गलाई १८–२१, २१–१९, २१–१९ ले तथा भारतकै एम. आर. अर्जून र ध्रुव कपिलाको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग चानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै फाईनल यात्र तय गरेका हुन् ।

मिक्स युगल तर्फ थाईल्याण्डका सुर्पाक जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई २५–२३, २१–१०ले पराजित गर्दै फाईनल प्रवेश गरे । यस्तै फाईनल प्रवेश गर्ने अर्को जोडीमा कोरियाका किम सा राङ्ग र किम हा नाको जोडी रहे । राङ्ग र नाको जोडीले भारतका रेड्डी बि. सुमिथ र कुहो गार्गको जोडीलाई १५–२१, २२–२०, २१–१७ ले पराजित गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती