काठमाडौं । थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
प्रतियोगितामा पहिलो वरियताकी पोर्नतिपले शुक्रबार भएको क्वाटरफाइनलमा पाचौं वरियता प्राप्त अष्ट्रेलियाकी श्वान यु वेन्डी चेनलाई २१–११, २१–११ को समान अन्तरमा पराजित गरिन् ।
अब पोर्नतिपले जापानकी रिको गुन्जीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन् । गुन्जीले प्रतियोगितामा आठौं स्थान प्राप्त भारतकी तन्भी लाडलाई २१–१९, २१–१६ ले पराजित गरिन् ।
यसैगरि अन्तिम चार प्रवेश गर्ने अन्य खेलाडीहरुमा जापानकी अकारी नाकासिजु र कोरियाकी गा युन पार्क रहे । अकारीले भारतकी प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेकी भारतकी मुग्धा आग्रेलाई २१–१४, २०–२२ र २१–१५ ले तथा पार्कले कोरियाकै सियोङ्ग मिन किमलाई २१–१९, २१–१९को समान अन्तरले पराजित गरे ।
महिला युगल तर्फ अष्ट्रेलियाका सेत्याना मापसा र ग्रोन्या सोमरभिल्लेको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखलाई २१–११, २१–१० ले तथा भारतका के. मनिषा र रुतपर्ना पान्डाको जोडीले कोरियाका किम मिन जी र गा युन पार्कको जोडीलाई २१–२३, २१–१०, २१–१७ ले पराजित गर्दै अन्तिम चारमा भिडन्त पक्का गरे ।
यस्तै थाईल्याण्डका चासिनी कोरेपाप र क्वान्छानोक सुद्जाईप्रपरतको जोडी तथा रुईथाचोनोक लाईसुवान र सुपामार्त मिङ्गचुवाको जोडीले पनि अन्तिम चारमा स्थान बनाए । दोश्रो स्थान प्राप्त चासिनी र कोरेपापको जोडीले भारतका अपर्ना बलान र त्रिसा जोलीको जोडीलाइृ २१–१३, २१–१७ ले तथा लाईसुवान र मिङ्गचुवाको जोडीले बंगलादेशका अक्तर सल्पा र अलिना सुल्तानका्े जोडीलाई २ज्ञ–१४, २०–२२ र २१–१५ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् ।
पुरुष युगल तर्फ भारतका एमआर अर्जून र ध्रुव कपिलाको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडीलाई २ज्ञ–५, २ज्ञ–१६ ले पछि पार्दै अन्तिम चारमा पुगे ।
यस्तै कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानकाको जोडीले थाईल्याण्डका चालोएम्पोन चारओएन्कीतामोर्न र कित्तिसाक नामदासको जोडीलाई २१–१८, १७–२१, २१–१७ले, भारतका आत्री मनु र रेड्डी बि. सुमेथको जोडीले जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडीलाई २१–१२, २१–१५ ले तथा कोरियाका किम दुक्योङ्ग र किम सा राङ्गको जोडीले थाईल्याण्डका रुत्तनपाक आउपथोङ्ग र नान्थाकार्न योर्दफाईसोङ्गको जोडीलाई २१–१०, २२–२० को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन् ।