जोकोभिकलाई हराउँदै फेडेरर सेमिफाइनलमा
शुक्रबार, २९ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लन्डनमा बिहिबार राति भएको खेलमा सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै फेडेररले अन्तिम चारमा स्थान बनाएका हुन् ।
तेस्रो वरियताका फेडेररले दोस्रो वरियताका जोकोभिकलाई ६-४ र ६-३ को सेटमा पराजित गरे ।
जोकोभिक भने प्रतियोगिताबाट बाहिरिएका छन् ।









-1770799852128.png&w=3840&q=75)






