साइपाल सेमिफाइनलमा
बिहिबार, २८ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । साइपाल एकेडेमी सातौं जेभियर इन्टरनेसनल यु–१९ बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
साइपालले आयोजक जेभियर इन्टरनेसनल ‘ए’ लाई ५२–२० ले पराजित गर्यो ।
गर्ल्समै समृद्धिले आयोजक ‘ए’ लाई नै ४१–२३ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
ब्वाइजमा जेभियर ‘ए’ ले ट्रिनिटीलाई ६२–४०, कास्कीले चाणक्यलाई ५७–२३ र लुम्बिनीले समृद्धिलाई ६१–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।










-1765627825694.jpeg&w=3840&q=75)



