काठमाडौं। अष्ट्रियाको ब्रिगेन्जमा आयोजना हुने वर्ल्ड कप ब्रिगेन्ज ओपन उमा कुङफुमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नोभेम्बर १५ र १६ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष खेलाडीको नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
कमल मगरले ३, रमेश महर्जनले १ र सञ्जय पुटुवारले ३ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा अशोक केसी तथा व्यवस्थापकमा सुदिश पाण्डे रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उपाध्यक्ष सन्जित राई र महासचिव भुपेन्द्र गुरुङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
बिदाइका अवसरमा टोलीलाई केटीएम जिन्सद्वारा प्रायोजित ट्रयाक सुट वितरण गरिएको थियो ।