जोकोभिकलाई हराउँदै डोमिनिक सेमिफाइनलमा
बुधबार, २७ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रियाका डोमिनिक थिम एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लन्डनमा मंगलबार राति सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै डोमिनिक सेमिफाइनलमा पुगेका हुन् ।
सेमिफाइनल पुग्ने क्रममा पाँचौ वरियताका डोमिनिकले दोस्रो वरियताका जोकोभिकलाई ६-७ (५-७), ६-३ र ७-६ (७-५) ले हराए ।
यस अघि पहिलो खेलमा डोमिनिकले स्विस खेलाडी रोजर फेडेररलाई हराएका थिए ।









-1770799852128.png&w=3840&q=75)






