फेडेररको पहिलो जित
मंगलबार, २६ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले एटीपी फाइनल्स टेनिसमा पहिलो जित निकालेका छन् ।
लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।
पूर्व विश्व नम्बर एक फेडेररले बेरेट्टिनीलाई ७-६ (७-२) र ६-३ को सेटमा पराजित गरे । जितसँगै फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भएका थिए ।









-1770799852128.png&w=3840&q=75)






