रत्न र दिपेशको जोडीलाई रजत
आइतबार, २४ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं। नेपालका रत्नजित तामाङ र दिपेश धामीको जोडीले योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा रजत पदक जितेका छन्।
इस्लामाबादमा आइतबार पुरुष युगलको फाइनलमा रत्न र दिपेशको जोडी थाइल्याण्डका जोडीसँग २-० को सेटमा पराजित भए ।
रत्न र दिपेशको जोडीलाई थाइल्यान्डका प्राड टङश्रीरनपिफन र अपिचासिट तेराविवतकाे जाेडीले २६-२४ र २१-१४ ले पराजित गरेको हो ।
मिक्स डबल्समा दिपेश धामी र अमिता गिरीको जोडीले रजत हात पारे । फाइनलमा दिपेश र अमिताको जोडी माल्दिभ्सको जोडीसँग पराजित भएको हो ।









-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)