सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

ब्याडमिन्टनको नेपाल इन्टरनेसनल च्यालेन्ज बुधबारबाट

आइतबार, २४ कार्तिक २०७६खेलपाटी संवाददाता
ब्याडमिन्टनको नेपाल इन्टरनेसनल च्यालेन्ज बुधबारबाट
mustang rice ad

काठमाडौं । योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ ।

नेपाल ब्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल इन्टरनेसनल च्यालेन्ज कात्तिक २७ गतेबाट मंसिर १ गतेसम्म हुने जनाएको छ ।

प्रतियोगितामा २१ राष्ट्रका १ सय ४९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालसहित भारत, जापान, थाइल्याण्ड, कोरिया, रुस, बंगलादेश, अमेरिका, क्यानडा, माल्दिभ्स, युक्रेन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, मलेसिया, टर्की, इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र इंग्ल्याण्डका खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा पुरुष र महिला एकल, युगल तथा मिश्रित युगल गरि पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पुरुष एकलमा ६७, महिला एकलमा ३८, पुरुष युगलमा २१, महिला युगलमा १७ तथा मिश्रित युगलमा २२ खेलाडीले दर्ता गराएको संघले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला एकलको विजेताले १ हजार ८७५ युएस डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३६२.५० डलर, क्वाटरफाइनलमा पुग्नेले १५९ डलर र अन्तिम १६ मा पुग्नेले ८७.५० डलर पाउने छन् ।

पुरुष युगल, महिला युगल र मिश्रित युगलको विजेताले १ हजार ९७५ डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३५० डलर, क्वाटरफाइनलमा पुग्नेले १८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर पाउने छन् ।

करिब ६८ लाख ७५ हजार खर्च लाग्ने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदले २० लाख,योनेक्स सनराइजले ६ हजार डलर र ब्याडमिन्टन एसियाले ११ हजार डलर सहयोग गरेको छ । बाँकी रकम संघ आफैले जुटाएको बताईएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज