काठमाडौं । नेपालका दिपेश धामी र अमिता गिरिको जोडी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजको फाइनलमा प्रवेश गरेका छन् ।
इस्लामाबादमा शनिबार मिक्स डबल्सतर्फ दिपेश र अमिताको जोडीले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
दिपेश र अमिताको जोडीले महमद अली लारोश र घाजला सद्दिकको जोडीलाई २१-१५, १८-२१ र २१-१७ ले पराजित गरे ।
यस्तै दिपेश धामी र रत्नजित तामाङकाे जाेडी पुरुष युगलतर्फको फाइनलमा पुगेका छन् ।
धामी र तामाङको जोडीले पाकिस्तानका मुहम्मद अतिक र राजा मुहम्मदकाे जाेडीलाई २१-१७, २१-१६ काे सेटमा पराजित गरे ।
प्रतियोगितामा नेपालका रत्नजित तामाङ, दिपेश धामी, विकास श्रेष्ठ,अमिता गिरी र अनुमाया राईले प्रतिस्पर्धा गरिरहेका छन् ।