बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

के छ स्वर्णधारी निमाको तयारी ?

बिहिबार, २१ कार्तिक २०७६गिता राई
के छ स्वर्णधारी निमाको तयारी ?

तस्बिर : पीजे क्लब

Loading ad...
mustang rice ad

काठमाडौं । सन् २०१६ मा बार्हौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भारतको सिलोङ र गुवाहाटीमा भएको थियो ।

त्यो समय भुकम्पबाट तंग्रिन लागेको नेपाली खेलकुदलाई भारतीय नाकाबन्दीले पिरोलेको थियो । जसका कारण सागको तयारी फितलोनै भयो ।

जब भारतको सिलोङ र गुवाहाटीका खेलहरु सुरु भए, नेपालको प्रर्दशन र नतिजा कमजोर रह्यो ।

भारत र श्रीलंकाले पदक तालिकामा एकपछि अर्को बाजी मारिरहदाँ नेपाली खेलाडी मुखदर्शक बनिरहेका थिए ।

तीन दिनसम्म समेत नेपाल स्वर्ण विहिन थियो ।

चौथो दिन भने नेपाली खेलकुदले पहिलो स्वर्ण भेट्टायो ।

१६ वर्षकी उसु खेलाडी निमा घर्तिमगरले नेपाललाई पहिलो स्वर्ण दिलाईन् ।

उनले उसुको थाउलोको नान् छ्वानमा स्वर्ण जितेकी थिईन् ।

त्यसपछि उनै निमा घरेलु खेलकुदकी हटकेक बनिन् । सानै उमेर सागमा स्वर्ण हात पार्दै उनले राष्ट्रिय गौरवलाई उचो परिन् ।

भारतीय संस्करणको करिब तीन बर्षपछि नेपाल १३ औ सागको तयारीमा छ ।

व्यवस्थापन र सहभागीताका आधारमा सफल आयोजनासंगै धेरै पदक जित्नुपर्ने चुनौती नेपाललाई छ ।

अघिल्लो संस्करणमा नेपाललाई स्वर्ण जिताएकी निमाले घरेलु मैदानमा हुन लागेको सागलाई कसरी लिएकी छिन् त ?

‘पक्कै पनि रजत र काँस्यमा त झुन्डिएर बस्दिन । यो सागमा पनि लक्ष्य स्वर्णनै हुनेछ ।’ उनले खेलपाटीसंग भनिन् ।

उनले आसन्न १३ औ सागमा समेत स्वर्ण जितेर ईतिहास दोहर्याउने लक्ष्य लिएकी छिन् ।

सागलाई लक्षित गरेर उसुले जेठबाट प्रारम्भिक प्रशिक्षण सुरु गर्यो । भदौबाट मात्र बन्द प्रशिक्षणको सुरुवात भएको हो ।
१३ औं सागको तयारी राम्रो भएको निमा बताउछिन् ।

‘प्रशिक्षणमा उत्कृष्ट दिइरहेका छौ । प्रशिक्षकले पनि उत्कृष्ट रुपमा प्रशिक्षित गराईरहनुभएको छ । अब नतिजाको पखाईमा छौ ।’ उनले भनिन् ।

१३ औं सागको बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी गत महिना विश्व उसु च्याम्पियनसिप खेल्न चीन पुगेका थिए ।

चीनको संघाई शहरमा भएको विश्व उसु च्याम्पियनसिपको तुलनामा खेलमा धेरै सुधार भएको निमा बताउँछिन् ।

‘संघाईमा वल्र्ड च्याम्पियनसिप खेल्न गएका थियौ । च्याम्पियनसिप भन्दा अहिले सुधार भएको छ । अझै गल्तीलाई सुधार्नु पर्नेछ ।’ उनले भनिन्, ‘सोही अनुसार प्रशिक्षकले मलाई तयार गरिरहनु भएको छ ।’

स्वर्णधारी निमा गल्तीलाई सुधार गर्न धेरै समय लाग्ने बताउँदै कमजोरीलाई केन्द्रित गरेर तयारी अघि बढाईरहेको बताउँछिन् ।

उनले १३ औ सागमा समेत आफ्नो प्रतिस्पर्धा भारतीय खेलाडी हुने बताईन् ।

‘अहिल्यै भन्न सकिन्न तर अघिल्लो सागको नतिजा हेर्दा भारतीय खेलाडीसंग कडा प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ ।’ निमा भन्छिन् ।

उनले १३ औं सागमा राम्रो नतिजा ल्याउने बताउँदै उसुबाट सकारात्मक नतिजा आउने दाबी गरिन् ।

‘तयारी हेर्दा नतिजा राम्रो आउछ जस्तो लाग्छ । टिमको तयारी उत्कृष्ट छ । सागमा राम्रो नतिजा देखाउँछौ ।’ निमा आत्मविश्वासी देखिन्छिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान