काठमाडौं । योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली सोमबार पाकिस्तानको इस्लामाबाद जाँदै छ ।
५ खेलाडीसहित ७ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
नोभेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने पुरुष खेलाडीमा रत्नजित तामाङ, दीपेश धामी र विकास श्रेष्ठ तथा महिलामा अमिता गिरी र अनुमाया राई रहेका छन् ।
टिम व्यवस्थापकमा निर्माणकुमार श्रेष्ठ तथा प्रशिक्षकमा सुदिपकुमार योञ्जन छन् ।
नेपाली खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।