एलए टेनिस आइतबारबाट
आइतबार, १७ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको एलएका टेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने छ ।
डबल्समा यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्सतर्फ खेल हुने छ । आठदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित एलएकै कोर्टमा खेलाइने छ ।











-1770799852128.png&w=3840&q=75)




