एजेन्सी । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिक पेरिस मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई हराउँदै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
फाइनल पुग्ने क्रममा जोकोभिकले ग्रिगोरलाई ७-६ (७-५) र ६-४ को जित निकाले ।
दोस्रो वरियताका स्पेनिस खेलाडी राफायल नाडाल भने सेमिफाइनलबाट बाहिरिएका छन् । चोटका कारण नाडालले खेल नखेली नाम फिर्ता लिएका थिए ।
नाडालले नाम फिर्ता लिएपछि डेनिस शापोभालोब फाइनल पुगेका छन् ।
अब फाइनलमा जोकोभिकले डेनिससँग खेल्ने छन् ।