एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडाल पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार राति भएको क्वाटरफाइनलमा फ्रान्सका जो विलफ्राइड सोङ्गालाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
१९ पटकको ग्राण्डस्लाम विजेता नाडालले सोङ्गालाई ७-६ (७-४) र ६-१ को सेटमा पराजित गरे । जितसँगै नाडालले शीर्ष वरियता रहदै यस वर्षको अन्त्य समेत गर्ने भएका छन् ।
अब नाडालले सेमिफाइनलमा डेनिस शापोभालोबसँग खेल्नेछन् ।
यस्तै अर्को सेमिफाइनलमा नोभाक जोकोभिक र ग्रिगोर दिमित्रोभबीच प्रतिस्पर्धा हुनेछ ।
जोकोभिकले स्टेफानोस टिस्टिपासलाई ६-१ र ६-२ ले हराए । यस्तै ग्रोगोरले क्रिस्टियन गारिनको चुनौती ६-२ र ७-५ ले पन्छाए ।