स्विटोलिना डब्लूटीए फाइनल्सको सेमिफाइनलमा
बुधबार, १३ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता एलिना स्विटोलिना चीनमा जारी डब्लूटीए फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
बुधबार भएको खेलमा सिमोना हालेपलाई ७-५ र ६-३ ले पराजित गर्दै स्विटोलिनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
युक्रेनी स्विटोलिना डब्लूटीए फाइनल्सको सेमिफाइनलमा पुग्ने पहिलो खेलाडी समेत बनेकी छिन् ।
स्विटोलिना समूह चरणको एक खेल बाँकि रहदै सेमिफाइनल पुगेकी हुन । पराजित हालेपको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।
हालेपले अन्तिम खेलमा कारोलिना प्लिस्कोभासँग खेल्ने छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
