ओसाकाले लिईन् डब्लुटीए फाइनल्सबाट नाम फिर्ता
मंगलबार, कार्तिक १२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । जापानिज खेलाडी नाओमी ओसाकाले डब्लुटीए फाइनल्स टेनिसबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
चोटका कारण ओसाकाले चीनको शेनजेनमा जारी प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । ओसाकालाई कुमको चोट लागेको बताईएको छ ।
२२ वर्षे ओसाकाले पहिलो खेलमा पेट्रा किभटोभालाई हराएकी थिइन् ।
अष्ट्रेलियन ओपन च्याम्पियन ओसाकाको स्थानमा किकी बेर्टेन्सले खेल्ने छिन् ।
डब्लुटीए फाइनल्समा विश्व वरियताका शीर्ष ८ खेलाडीले राउण्ड रोबिनको आधारमा खेल्न छन् । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा पुग्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


