काठमाडौं । पर्यावरण संरक्षण र स्थानीय रानीकोट गढी प्रचारका लागि भक्तपुरको सूर्यबिनायकमा आयोजना भएको वाकाथन प्रतियोगितामा मुकुन्द पोखरेल पहिलो भएका छन् ।
सात किलोमिटरको दूरी ४७ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गुण्डूका मुकुन्द पहिलो भएका हुन् । यस्तै ५० मिनेट २९ सेकेण्डमा दौड पुरा गरेका विराज तामाङ दोस्रो र ५१ मिनेट २१ सेकेण्डको समय निकालेका विक्रम केसी तेस्रो भए ।
त्यस्तै ५३ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरेका मधु खड्का चौथो तथा ५६ मिनेट ५४ मिनेटमा दूरी पूरा गरेका कृष्ण प्रसाद वाग्ले पाँचौं स्थानमा आए । वकाथनमा सुरेश बस्नेत छैटौं, विक्रम बस्नेत सातौं, कुमार तामाङ आठौं, महेश्वर गौतम नवौं र प्रमोद देउजा दशौं भए ।
सुर्यविनायक नगरपालिका वडा नम्बर सातको कार्यालयबाट सुरु भएको वाकाथन प्रतियोगिता खहरे चोक, ठुलो खोला, पिपलडाँडा, घ्याम्पे डाँडा हुँदै रानीकोट पुगेर सकिएको थियो ।
स्थानीय समाजसेवी समूह तथा मान्द्रो परिवारको आयोजना, रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहयोग तथा सेन्चुरी बैंकको प्रायोजनमा आयोजना भएको वाकाथनको उद्घाटन माननीय सांसद महेश बस्नेतले उद्घाटन गरेको थिए ।
वाकाथनमा ५० जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।