सर्भेनी र अभिलाशा चीन प्रस्थान
शुक्रबार, ०१ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । चीनको सिन्जेनमा हुने डब्लुटिएफ फ्युचर स्टार प्रतियोगितामा सहभागी हुने नेपाली लनटेनिस खेलाडीको शुक्रबार विदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले टोलीको विदाई गरे । चीनमा २० देखि २८ अक्टोबरसम्म हुने सो प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सर्भेनी श्रेष्ठ र अभिलाशा विष्टले सो प्रतियोगितामा खेल्नेछन् । कोचतर्फ रेनदेवी कुण्डा चीन जाँदैछिन् । टोली शनिवार चीनतर्फ प्रस्थान गर्नेछ ।





-1776255486335.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
