काठमाडौं । चीनको संघाई शहरमा आयोजना हुने १५ औँ विश्व उसु च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
च्याम्पियनसिपका लागि ११ खेलाडीसहित १६ सदस्सीय नेपाली टिम बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने च्याम्पियनसिपमा थाउलुतर्फ सुस्मीता तामाङ,निमा घर्तीमगर,विजय सिन्जाली,दिपक हमाल,मिना ग्लान,विश्व बुढामगर,कविता थापा र शिवजी सिलवालले सहभागिता जनाउने छन् ।
यस्तै सान्सोतर्फ विन्दु पुनमगर,जुली राई र किरण सिंह सावदले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा तुलसी नन्द बज्राचार्य र ब्यवस्थापकमा लानम लामा रहेका छन् ।
त्यस्तै प्रतियोगिताको दौरान आयोजना हुने १५ औं विश्व उसु कँग्रेसमा सहभागिता जनाउन नेपाल उसु महासंघका अध्यक्ष विरबहादुर तामाङ,महासचिव लाक्पा छिरिङ लामा र केन्द्रीय सदस्य सान्देन शेर्पा पनि त्यसतर्फ प्रस्थान गर्ने छन् ।