काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ह्याण्डबलबाट ३२ जना खेलाडी छनोट भएका छन् ।
नेपाल ह्याण्डबल संघले छनोट प्रतियोगिताको आयोजना गर्दै सागका लागि समान १६÷१६ महिला तथा पुरुष खेलाडी छनोट गरेको हो ।
पोखरा रंगशालामा भएको छनोटमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, इन्द्र नारायण चौधरी, सरोज सिंह, आशिष अधिकारी मदन चुनारा, श्री बहादुर सिन्जाली, रन सिंह सावत, यम बहादुर पुन, सन्तोष श्रेष्ठ छनोट भएका छन् । यस्तै, हेमन्त थापा, शरण थापा, सन्दिप कार्की, केशव विष्ट र दिपक सिंह बोहरा छनोट भए ।
त्यसैगरी, महिलातर्फ रन्जना राई, बन्दना राई, निशा राई, कल्पना ओली, रामकुमारी चौधरी, शारदा विक, यमा राई, कबिता राई छनोट भएका छन् । यस्तै भिममाया थापा, शान्तीकला राई, आइतेलमु शेर्पा, बबिता श्रेष्ठ, संगिता चौधरी, दुर्गा बोहरा, अर्चना न्यौपान्ने, देशकुमारी बासकोटा छनोट भए ।
सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण गत साउन १६ गतेबाट पोखरामा भएको थियो ।
नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ । ह्याण्डबलको प्रतिस्पर्धा पोखरामा हुनेछ ।