जोकोभिक र फेडेरर क्वाटरफाइनलमा
बिहिबार, असोज २३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक सांघाई मास्टर्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
चीनको संघाईमा बिहिबार भएको खेलमा अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै जोकोभिक अन्तिम आठमा पुगेका हुन् ।
३२ वर्षे जोकोभिकले १६ औं वरियताका इश्नरलाई ७-५ र ६-३ ले पराजित गरे । अब जोकोभिकले स्टेफानोससँग खेल्ने छन् ।
यस्तै स्विस खेलाडी रोजर फेडेरर पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फेडेररले अन्तिम १६ मा बेल्जियमका डेभिड गोफिनलाई ७-६(९-७) र ६-४ ले पराजित गरे ।
अब फेडेररले एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


