शुक्रबार, २९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिपेश र बंगलादेशका सलमान सेमिफाइनलमा

बिहिबार, १० श्रावण २०७५खेलपाटी संवाददाता
दिपेश र बंगलादेशका सलमान सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका दोस्रो बरियताका दिपेश धामीसहित बंगलादेशका मोहम्मद सलमान खान राजधानीमा जारी अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा पुगेका छन् ।

बिहिबार भएको क्वार्टरफाइनलमा आ आफ्नो खेलमा जित हात पार्दै दिपेश र सलमानले प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् । बिभागीय टोली एपिएफका दिपेशले अर्काे बिभागीय टोली नेपाल पुलिस क्लबका जिवन आचार्यमाथी २१–१०, २१–९ को सेटमा पराजित गरे ।

यस्तै बंगलादेशका सलमानले भारतका शुभ देयलाई २१–९, २१–९ को सहज सेटमा पराजित गरे । दीपेस र सलमानसँगै त्रीभुवन आर्मी क्लबका रुकेश महर्जन र स्लिक किचेनका प्रिन्स दाहाल पनि सेमिफाइनलमा पुगेका छन् । रुकेसले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २१–१६, २१–१६ ले पराजित गर्दा प्रिन्सले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१८, २१–१४ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । यससँगै प्रतियोगिताको सेमिफाइनल चरणको समिकरण पुरा भएको छ ।

प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्सल तामाङ र पाकिस्तानकी सहजेद महुर पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । नङ्सलले बाँकेका सम्झना शर्मालाई २१–१०, २१–९ को सेटमा पराजित गरिन । यस्तै पाकिस्तानकी सहजेदले त्रिभुवन आर्मी क्लबका अनु राईलाई २१–११, २१–११ को सेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

उनिहरुसँगै त्रिभुवन आर्मी क्लबका अन्य दुई खेलाडी रसिला महर्जन र अमिता गिरी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् । क्वार्टरफाइनल चरणको खेलमा रसिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ तथा अमिताले भोजपूरकी सीता राईलाई २१–१७, २१–१६ ले पराजित गरेका हुन् । प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनल चरणका खेल हुने छन् ।

पुरुष एक्जिक्यूटिभ एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनल चरणको खेलमा कुरमारी बैंकका बिक्रम निरौलामाथी २१–१३, २१–१२ को जितसहित बिशाल प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् । उनीसँगै राइजिङ सनका बिश्वास नेपाल, जेष्ट ब्याडमिन्टनका सुनील जोशी र स्लिक किचेनका गणेश रायमाझी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् । बिश्वासले आरएस कन्स्ट्रक्सनका रजिन खड्कालाई २१–१८, १६–२१, २१–१४ को कठिन सेटमा पराजित गरे । यस्तै सुनिलले इशा एन्ड इशिकाका अभिशेक गुरुङलाई २१–८, २१–११ तथा गणेशले नेपाल एसबीआई बैंकका नवराज जोशीलाई २१–१२, १२–२१, २१–१२ को सेटमा पराजित गरे ।

यू–१९ पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका खेलाडीद्धय रुकेश महर्जन र प्रफूल महर्जन सेमिफाइनलमा पुगेका छन् । पुरुष एकलतर्फको खेलमा भने प्रफूललाई पराजित गर्दै रुकेस प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् । यू–१९ तर्फको खेलमा रुकेशले सेमिफाइनल पुग्न प्रदेश नम्बर चारका बिधान अधिकारीलाई २१–११, २१–२० को सेटमा पराजित गरे ।

यस्तै प्रफूल पनि प्रदेश नम्बर एकका प्रनिस सिंह ठकुरीलाई २१–९, २१–७ को सहज सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् । उनिहरुसँगै त्रीभुवन आर्मी क्लबका पबिन लिङ्थेप र सिल्कका प्रिन्स दाहाल पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् ।

पबिन बिपक्षी खेलाडी उपस्थित नहुँदा सिधै प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् भने प्रिन्सले प्रदेश नम्बर ६ का निरञ्जन चौधरीलाई २१–८, २१–१२ ले पराजित गरे ।

यू–१९ को महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबका रसिला महर्जन प्रतियोगिताको सेमिफाइनलमा पुगेकी छिन् । रसिलाले नेपाल पुलिस क्लबकी रोस पान्डेलाई २१–१०, २१–७ ले पराजित गर्दै अन्तिम चारमा पुगेका हुन् ।

नेपाल पुलिस क्लबकी जेसिका गुरुङ, प्रदेश नम्बर एककी निता लम्साल र कञ्चनपूरकी रञ्जना भट्ट पनि यू–१९ को महिला एकलतर्फ अन्तिम चारमा पुगेका छन् । त्यसका लागि जेसिकाले प्रदेश नम्बर चारकी आकृती केसीलाई २१–६, २१–११, निताले जेष्ठकी श्रधेय प्रधान २१–१३, २१–१२ तथा रञ्जनाले प्रदेश नम्बर दुईकी चित्र हरीत्वाललाई २१–६, २१–६ ले पराजित गरे ।

एपिएफका दिपेश  धामी र बिजित थापा मगरको जोडी प्रतियोगिताको पुरुष युगलतर्फ सहजै सेमिफाइनलमा प्रवेश गरेका छन् । दिपेश र मगरको जोडीसँग प्रतिस्पर्धा गर्ने प्रदेश नम्बर चारका बिशाल खड्का र भुगोल गुरुङको जोडी उपस्थित नभएपछि अघिल्लो जोडीलाई बिजयी घोषणा गरीएको हो । उनिहरुसँगै भारतका जुम्ल्याहा दाजुभाई जोडी रञ्जन र अञ्जन बुरागोहइ, बाँकेका रियाज अन्सारी र इर्फान अन्सारी तथा प्रदेश नम्बर चारका बिशाल बस्नेत र बिधान अधिकारीको जोडी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् ।

भारतका जुम्ल्याहा दाजुभाईको जोडीले बंगलादेशका मोहम्मद सलमान खान र प्रबोल हुसेन तालुक्दारलाई २१–१४, २१–११ ले पराजित गर्दा रियाज र इर्फानको जोडीले सिल्कका गणेश रायमाझी र बिश्वास नेपालको जोडीलाई २१–२३, २१–१७, २१–१८ को कठिन सेटमा पराजित ग¥यो । यस्तै बिशाल र बिधानको जोडीले त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र राम राईको जोडीलाई २१–८, २१–१५ को सेटमा पराजित ग¥यो ।

प्रतियोगिताको कर्पाेरेट पुरुष एकलतर्फ नारायणी मिल्कका अभिशेक बोस, एपेस इन्टरनेशनलका अखिल श्रेष्ठ, बि एन्ड बीका बालमुकुन्द ढुंगाना र महालक्ष्मीका विकास महर्जन सेमिफाइनलमा पुगेका छन् ।

अभिशेकले नेपाल टेलिकमका सुरेन्द्र कार्कीलाई २१–१५, २१–१२ ले पराजित गर्दा अखिलले सिल्कका रमेश शेर्पालाई २१–१५, २१–१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरे । यस्तै अन्तिम चारको समिकरण पुरा गर्न बालमुकुन्दले नेपाल राष्ट्र बैंकका धनबहादुर तामाङलाई २१–१५, २१–९ तथा विकासले एनडीपीका मनोज मानन्धर २१–६, २१–९ को सेटमा पराजित गरे ।

प्रतियोगिता अन्तर्गत पुरुष एक्जिक्यूटिभ युगलतर्फ प्रदेश नम्बर चारका बिशाल बस्नेत र कामना सेवाका बिशाल खड्काको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहिबार भएको खेलमा बिशालद्धयको जोडीले हिमालका सुरज तन्डुकार र बिजेन्द्रलाल श्रेष्ठको जोडीलाई २१–१८, २१–१२ को सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । यस्तै जेष्टका सुनिल जोशी र ओडीसीका रमन बाँनियाको जोडी, आशिर्वादका राम राई र भिमल श्रेष्ठ तथा इशा एन्ड इशिकाका आकाश छन्त्याल र अभिशेक गुरुङको जोडी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् ।

सुनिल र रमनको जोडी राइजिङ सनका बिश्वास नेपाल र पञ्कज ज्ञावालीको जोडीलाई २१–१३, १८–२१, २१–१६, राम र भिमलको जोडी केपिएसका रामकुमार बाँनिया र सुजन थापाको जोडीलाई २१–१७, २१–१९ तथा आकाश र अभिशेकको जोडीले आरएस कन्स्ट्रक्सनका रजिन खड्का र बिवेक जिसीको जोडीलाई २१–१०, १२–२१, २१–१४ को सेटमा पराजित गर्यो ।

मिक्स युगलतर्फ शीर्ष वरियता रहेका खेलाडीको जोडी सफल देखिएका छन् । एपिएफका दीपेश धामी र पुजा श्रेष्ठ, त्रीभुवन आर्मी क्लबका अमिता गिरी र सुरज महर्जन, त्रिभुवन आर्मी क्लबकै नङ्सल तामाङ र प्रफूल महर्जन तथा एमआईबिसीका सीता राई र नीर बिक्रम देवकोटाको जोडी आआफ्नो खेलमा जित हात पार्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

दीपेस र पुजाको जोडीले आर्मी क्लबकै अनु राई र रुकेश महर्जनको जोडीलाई २१–१७, २१–१५ तथा अमिता र सुरजको जोडीले नेपाल पुलिस क्लबका सुनयना मुखिया र बिष्णु कटुवालको जोडीलाई १८–२१, २१–१३, २१–१५ को सेटमा पराजित गरे ।

यस्तै नङ्सल र प्रफूलको जोडीले कामना सेवाका यामकुमारी गुरुङ र बिशाल खड्काको जोडीलाई २१–१६, २१–९ तथा सीता र नीर बिक्रमको जोडीले एपिएफका सोभा गौचन र बिजित थापा मगरको जोडीलाई २२–२०, १४–२१, २१–१७ को सेटमा पराजित ग¥यो ।

कर्पाेरेटतर्फ पुरुष युगलमा महालक्ष्मी पेन्ट्सका भुवन श्रेष्ठ र रदीप महर्जन सेमिफाइनलमा पुगेका छन् ।

बिहिबार भएको क्वार्टरफाइनल खेलमा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी र बुटवल पावरका खगेन्द्र रेग्मीलाई २१–१३, २१–१२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । बिहिबारकै अर्काे खेलमा बुस्टर फिडका गोपाल टन्डन र श्री भैरवका प्रकाश थापाको जोडीलाई २१–१५, २७–२५ ले पराजित गर्दै महालक्ष्मी पेन्ट्सको अर्काे जोडी प्रदीप महर्जन र बिकास महर्जन पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

उनिहरुसँगै आईपीपीका आदर्श बिष्ट र सुबास उलक तथा जलेवाका रुद्रबहादुर थिङ र एपस इन्टरनेशनलका अखिल श्रेष्ठको जोडी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् । आदर्श र सुबासको जोडीले लामा कन्स्ट्रक्सनका लाक्पा तेञ्जिङ तामाङ र पञ्चक तामाङको जोडीलाई २१–१९, २१–१२ तथा रुद्र र अखिलको जोडीले एनईईका दीप आचार्य र पञ्कज ज्ञावालीको जोडीलाई २१–१६, १९–२१, २१–१८ को सेटमा पराजित गरेका हुन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

बंगलादेश बलियो अवस्थामा

बंगलादेश बलियो अवस्थामा

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत