काठमाडौं । नेपालका युवा स्टार खेलाडी प्रिन्स दाहाल दक्षिण एशियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पराजित भएका छन् ।
माल्दिभ्समा बिहिबार भएको पुरुष एकलतर्फको फाइनलमा प्रिन्स भारतका सराथ दुन्नासँग पराजित हुँदै उपविजेतामा सिमित भए । तेस्रो वरियता प्राप्त दुन्नासँग प्रिन्स २१-१६ र २१-१७ ले पराजित भए ।
दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले सेमिफाइनलमा श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गरेका थिए ।