काठमाडौं । नेपालका युवा स्टार खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्पुरवेश गरेका छन् ।
सेमिफाइनलमा श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै प्रिन्स पुरुष एकलतर्फ उपाधि नजिक पुगेका हुन् ।
दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले अब उपाधिका लागि तेरो वरियता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने छन् ।
पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका भारतका सराथ दुन्नानसंग क्वाटरफाईनलमा १८–२१, २१–१४ र २०–२२ को सेटमा पराजित भए ।
महिला एकलतर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाटनै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । पुरुष युगलतर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरुसंग क्वाटरफाईनलमा पराजित भएका थिए ।
यसैगरि महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङको जोडी भारतिय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडी संग क्वाटरफाईनल पराजित भएका थिए ।
मिश्रीत जोडी तर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडीसंग सेमिफाईनलमा १३–२१, १५–२१ ले तथा प्रिन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साई चरण कोया र मानषी सिंहको जोडीसंग सेमिफाईनलमै २०–२२, १७–२१ ले पराजित भए ।
यसका साथै नेपाली टोलीले तीन कास्य प्राप्त गर्न सफल भएको छ । नेपाली टोलीले मिक्स टिम ईभेन्ट्समा पनि एक कास्य पाएको थियो । नेपाल भारतसंग सेमिफाईनलमा २–३ को सेटमा पराजित हुँदै कास्यमा खुम्चिएको थियो ।