जोकोभिकलाई जापान ओपनको उपाधि
आइतबार, असोज १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिकले जापान ओपन टेनिसको उपाधि जितेका छन् ।
टोकियोमा आइतबार जोन मिल्म्यानलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन जोकोभिकले मिल्म्यानलाई ६-३ र ६-२ को सेटमा पाखा लगाए ।
योसँगै चोटबाट मुक्त हुँदै टेनिसमा फर्किएका जोकोभिकले करियरको ७६ औं उपाधि जिते ।
काधको चोट बोकेपछि जोकोभिकले गत सेप्टेम्बरमा भएको युएस ओपनको चौंथो चरणमा रिटायर्ड भएका थिए ।







1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


