ओसाका सेमिफाइनलमा
शनिबार, असोज १८, २०७६खेलपाटी संवाददाता

एजेन्सी । जापानिज खेलाडी नाओमी ओसाका चाइना ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
शुक्रबार राति भएको खेलमा युएस ओपन च्याम्पियन बियान्का आन्द्रेस्कुलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेका हुन् ।
बेईजिङमा ओसाकाले बियान्कालाई ५-७,६-३ र ६-४ ले पराजित गरिन् ।
अब ओसाकाले सेमिफाइनलमा साविक विजेता कारोलिन वोज्निकाईसँग खेल्ने छिन् ।
अर्को सेमिफाइनलमा एस्लेइघ बार्टी र किकी बेर्टेन्सबीच खेल हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


