काठमाडौं । ब्याडमिन्टनको युवा स्टार प्रिन्स दाहालले विश्व वरियतामा ठुलो फड्को मारेका छन् ।
गत महिना मात्र दुबई ईन्टरनेश्नल सिरिज जितेका प्रिन्सले विश्व वरियतामा १९ स्थान फड्को मारेका छन् ।
विश्व ब्याटमिन्टन महासंघले मंगलबार सार्वजनीक गरेको वरियतामा प्रिन्स जुनियरतर्फ ३९ औ स्थानमा पुगेका छन् । उनले १९ स्थान सुधार गरेर अहिलेसम्मकै उच्च वरियता हासिल गरेका हुन् ।
महासंघले सिनियर र जुनियर (यू–१९)को वरियता सार्वजनीक गर्ने गर्छ ।
प्रिन्सको यसअघिको सबैभन्दा राम्रो वरियता ५४ औ स्थान थियो । उनी पछिल्लो समय ५८ औ स्थानमा रहेका थिए ।
गत महिना उनले दुबईमा जुनियर ईन्टरनेश्नल सिरिजमा स्वर्ण जितेका थिए ।
यू–१९ पुरुष एकल स्पर्धामा उनले भारतका खेलाडी वरुण कपुरलाई हराएका थिए । वरुण विश्व वरियताका नवौ स्थानका खेलाडी थिए ।
वरुण अहिले समेत विश्व वरियताको नवौ स्थानमा रहेका छन् ।
प्रिन्स ब्याडमिन्टनका युवा स्टार मानिन्छन् । पछिल्लो समय उनले अन्तराष्ट्रिय स्तरमा समेत जुनियर ब्याडमिन्टनमा नेपालबाट प्रभावशाली प्रर्दशन गर्दै आएका छन् ।