काठमाडौं । नेपालका आत्माराम कार्कीले नेपाल आईटीएफ सिनियर्स वल्र्ड र्याकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत पुरुष सिंगल्स ३५ वर्षमाथि सोमबार जित हात पारेका छन् ।
आत्मारामले भारतका इन्द्रकुमार सिंहलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धा भीष्मजंग गुरुङले भारतका रुपजित भरालीलाई ६–० र ६–२ तथा नेपालका कमलबहादुर भण्डारीले भारतक अनुज अरोरालाई ६–१ र ६–१ को सीधा सेटमा हराए ।
पुरुष ५५ वर्षमाथि कमल थापाले भारतका सञ्जयकुमारलाई ६–३ र ३–१ (रिटायर्ड हर्ट) तथा नेपालका प्रदीपबहादुर शाहले भारतका दिलिप सिंहलाई ६–४ र ६–२ ले पाखा लगाए ।