सागका लागि १२ टेनिस खेलाडी छनोट
शुक्रबार, असोज १०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६/६ पुरुष र महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ ।
सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए ।
महिलामा एपीएफकी प्रेरणा कोइराला र सलोनी तामाङ, आर्मीका अभिलाषा विष्ट र इरा रावत तथा प्रदेश ३ का रायना शाह र प्रकृति श्रेष्ठ छानिए ।
असोज २ गतेदेखि सुरु छनोटमा पुरुषतर्फ १० तथा महिलामा ७ खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


