काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा नेपाल आईटीएफ सिनियर्स वल्र्ड र्याकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ शनिबारबाट सुरु हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।
प्रतियोगितामा ३५ वर्षमाथि, ४० वर्षमाथि, ४५ वर्षमाथि, ५० वर्षमाथि, ५५ वर्षमाथि र ६० वर्षमाथि उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने आयोजक संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
प्रतियोगितामा नेपाल, अस्ट्रेलिया, अमेरिका, डेनमार्क र भारतका ७६ पुरुष खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता अक्टोबर ३ तारिखसम्म सञ्चालन हुने छ ।
यसअघि सर्किट– १ बुधबार पोखरामा सम्पन्न भएको थियो ।