मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
  4. /
  5. सदस्यसचिव बिष्ट भन्छन्, 'लक्ष्य स्वर्ण,कम्तिमा दुई रजत र तीन कास्य जित्छौं' (अन्तर्वार्ता)

सदस्यसचिव बिष्ट भन्छन्, 'लक्ष्य स्वर्ण,कम्तिमा दुई रजत र तीन कास्य जित्छौं' (अन्तर्वार्ता)

२०१८ जुलाई २४, मङ्गलबारखेलपाटी संवाददाता

सदस्यसचिव बिष्ट भन्छन्, 'लक्ष्य स्वर्ण,कम्तिमा दुई रजत र तीन कास्य जित्छौं'  (अन्तर्वार्ता)

काठमाडौं ।  इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स आउन केही सातामात्र बाँकी छ । आगामी अगष्ट तेस्रो साताबाट आयोजना हुने एसियन गेम्सका लागि नेपालले बिशेष तयारी गरिरहेको छ ।

एसियन गेम्सको बिशेष तयारी गर्न केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन् । केही टोली भने कमजोर खेल संरचनाकोबीचमा नेपालमै आफुलाई तिखार्ने कोशिश गरिरहेका छन् ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एसियन गेम्सको तयारीलाई कसरी लिएको छ । यसको अवस्था र चुनौतीहरु के के छन् ?

यिनै बिषयमा राखेप सदस्यसचिव केशव कुमार विष्टसंग खेलपाटीका रमेश सुवेदी र हिमबिक्रम केसीले गरेको कुराकानीको सम्पादित अंश :

इन्डोनेसियामा हुने एसियन गेम्समा नेपालले लिएको लक्ष्य के हो ?

एसियन गेम्समा अहिलेसम्म ऐतिहासिक ढंगले जति प्राप्त गरेको छ । त्यसको रेकर्ड ब्रेक गर्ने हाम्रो पहिलो लक्ष्य हो । एसियन गेम्समा अहिलेसम्मको उपलब्धिलाई उछिन्ने गरी पदक हासिल गर्ने तयारी छ । अहिले हामी तीन चरणको तयारी गरिरहेका छौ ।

यस पटकको एसियन गेम्समा नेपालले कति पदक जित्छ त ?

अहिलेसम्म हामीले प्राप्त गरेको पदक कास्य पदक हो । यो पटक हाम्रो लक्ष्य स्वर्ण पदक नै हो । तर, यसमा ठोकुवा गरेर भन्न सक्दिन । हाम्रो जुन अहिलेको तयारी छ, दुई रजत र तीन कास्य आउछ । यो चाँही हामी निश्चित भन्न सक्छौ ।

कुन कुन खेलबाट पदकको आशा गरिएको छ ?

हाम्रो पदक आउने मार्सल आर्ट्सको खेल हो । हामीले तेकान्दो, कराते, उसु, जुडोमा पदकको आश गरेका छौं । प्याराग्लाइडिङमा समेत सम्भावना छ । स्केटिङको तयारी हङकङमा भईरहेको छ । त्यसमा पनि हामीले पदक ल्याउने सम्भावना छ ।

मार्सल आर्ट्स बढी सम्भावना छ । महिला बक्सिङमा पनि हाम्रो बढी जोड छ । यसरी दुई रजत र तीन काँस्य आउछ भन्ने आँकडा छ । कोशिश स्वर्ण पदक ल्याउने हो तर एसियाली प्रतियोगितामा त्यति सजिलो छैन ।  खेल हो, ल्याउन नि सकिन्छ । तर, अहिले हाम्रो जुन धरातल छ, अलि कठिन छ । जे होस रजत र काँस्य पदक चाँही ल्याउछौ । 

प्रतियोगिताको तयारी राखेपले कसरी अघि बढाईरहेको छ ?

जुन खेलबाट पदक हासिल गर्ने आशा गरेका छौँ । त्यसलाई बैदेशिक प्रशिक्षणमा पठाएका छौँ । तेक्वान्दो कोरियामा दुई महिनाबाट प्रशिक्षणमा व्यस्त छ । बक्सिङ थाइल्याण्डमा छ । उसु चीन जादैछ । कराँते जापान जाने तयारीमा छ । जुडो हङ्गेरीमा रहेको छ । यसरी विभिन्न खेलका प्रशिक्षण भईरहेका छन् ।

प्रतियोगिताको तयारीमा समस्या के छन् ?

हामीलाई बजेट कै समस्या हो । बजेटको अभाव छ । बजेट सिमित हुन्छ । त्यो सिमित बजेटभित्र ब्यवस्था मिलाउनु पर्छ । राम्रो तयारी गर्नुपर्छ । खेलाडीलाई बढी भन्दा बढी सुबिधा दिनुपर्ने हुन्छ तर बजेट थोरै हुन्छ, त्यो पनि समयमा आउदैन ।

तयारीमा कम बजेट भएको गुनासो समेत सुनियो नि ? 

सबैमा बजेटको अभाव छ । हामीले १० करोड माग्छौ, आउछ ५ करोड । खेलाडीलाई एकातिर  डाइटको ब्यवस्था गर्न सकिँदैन । तर, तयारीमा पहिलेको भन्दा धेरै सुधार भएको छ ।

खेलाडीलाई दिने पैसाको गुणस्तरमा होस् वा उसले खेल्ने बाताबरणमा । उसलाई दिने गोजी खर्च होस्, सबै चिजमा हामीले वृद्धि गरेका छौ । तर, हामीलाई जति आवश्यक हो, त्यो उपलब्ध हुन सकेको छैन् ।

जति बजेट छ त्यसलाई नै राम्रो सदूपयोग गर्ने हो । बजेट छैन भनेर मात्रै चिन्ता गरेर हुदैन् । बढी भन्दा बढी बजेट ल्याउने प्रयास गरिरहेका छौ । भएको वजेटको आधारमा पनि तयारी गरिरहेका छौँ ।

प्रतियोगिताको संघारमा नेपालको तयारीलाई लिएर धेरै टिका टिप्पणी र आलोचना हुने गर्छ । यसपटक समेत त्यो बिषय अछुतो रहेन। तयारीमा भएको कमजोरीलाई परिषदले कसरी हेरेको छ ।

यसपालि बिगतको भन्दा कम छ । पहिलाको जस्तो विवाद  हुने, मान्छे भागेर राति एयरपोर्ट जाने, राति नै गएर बास बस्नुपर्ने, मुद्धा हाल्ने, झगडा गर्ने, विभिन्न खालको विवाद हुन्थ्यो, त्यो अहिले छैन् । पहिलाको जस्तो अवस्था अहिले छैन् । पुर्ण समझदारीमा लिएर जानेछौं ।

छनोटमा परेन, सोही कारण विवाद बढायो भने त्यो फरक बिषय हो । तर, निष्पक्ष भएर, मलाई अन्याय भयो भन्ने जानकारी आएको छैन् । बल प्रयोग भएको, राजनीतिक पुर्वाग्रहमा भेदभाव भएको कतै भेटेको छैन् ।

तयारीमा जुन पुरानै शैली र खेलाडी, प्रशिक्षकलाई न्यनतम सेवा सुविधामा भएको कमजोरीको बिषय छ, यसमा राखेपको भनाई के छ ?

तयारीको विषयमा हामी पनि छैनौ । तर, बिगतमा भन्दा धेरै उत्कृष्ट छ । बिगतमा नेपालले जुन किसिमको एसियन खेलको तयारी गर्ने गर्दथ्यो, त्यो भन्दा धेरै राम्रो अहिले छ । तर, अरु देशको हेर्दा हामीलाई नपुगेको देखिन्छ । अरु देशको जस्तो पुगेको छैन तर बिगतको भन्दा धेरै राम्रो रहेको छ ।

नेपालले २८ खेलमा सहभागिता जनाउदै छ । पदक जित्ने सम्भावना भएका खेललाई विशेष महत्व दिएर प्रतियोगिताको तयारी गर्न किन सकिएन ?

खेलकुद भनेको पदकको लागि मात्र होईन । दुई देशबीचको सम्बन्ध विस्तार गर्नकालागि समेत हो । त्यसको आधारमा हामी खेलमा सहभागी हुन्छौ ।

अर्को कुरा, अहिले पदक नआएर अर्को पटकको तयारी हुन्छ । जसले एक्स्पोजर दिन्छ । कति कुरा पदकको आशले भन्दापनि राष्ट्रिय खेलको गौरवको हिसावले लगिन्छ । कति पदक र कति लोकप्रियताको हिसावले सहभागी भईन्छ ।

नेपालले गरेको तयारीलाई लिएर परिषद के सन्तुष्ट छ ?

विगतको भन्दा धेरै राम्रो तयारी छ । विगतमा ३ महिला बन्द प्रशिक्षण हुदैन थियो । अहिले हामी नियमिति ट्रेनिङ २ बर्षबाट गरिरहेका छौ । ३ महिना यता बन्द प्रशिक्षण गरिरहेका छौ । त्यो हेर्दा हामी सन्तुष्ट छौ । खेल्ने खेलाडीले हो, सिकाउने प्रशिक्षकले हो । हामीले व्यवस्थापन गर्नेमात्र हो । सधैभरी खेलाडीको प्रर्दशन हेर्न मिल्दैन् । प्रत्येक संघको माग अनुसार हामीले तयारी गरिदिएका छन् । यसबाट हामी सन्तुष्ट छौ । तर, विदेशको प्रशिक्षण लगायतका विविध विषय हाम्रो बजेटले समेत भ्याउदैन् । तर विगतमा भन्दा राम्रो तयारी गरेका छौ भनेर सन्तुष्ट छौं ।

 

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bhat Bhateni
सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड