पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी भने पराजित भए । पुष्प र राजिबले समान ११/११ मत प्राप्त गर्दा अन्सारीले १२ मत ल्याए । पाँच उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले १५ मत ल्याएर विजयी भए । श्रेष्ठले पुरेन्द्र बिक्रम लाखेलाई ३ मतले पछि बनाए । लाखेले १२ मत ल्याए ।
सचिवमा रामजी श्रेष्ठ (१८), दिपक हर्ष वज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित भए ।
३ सचिवका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव केशब कुमार बिष्ट १७ मत ल्याएर पराजित भए ।
उप-महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भए ।
सदस्यमा रमेश प्रसाद सिवाकोटी (२६), राम अवाले (२०), प्रकाश शमशेर राणा (२६), गोपाल सुन्दर लाल कक्षपति (२६), टाँसी घले (२४), होम बहादुर दोङ (२५) र दिर्ग बहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित भए ।
७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेपाल भलिबल संघका अध्यक्ष मनोरंजन रमण शर्मा पराजित भए । उनले ९ मत प्राप्त गरे ।
एनओसीको विज्ञप्ति :