काठमाडौं । दोस्रो ट्राई म्याराथनको उपाधि आर्मीको ‘टिम ए’ले जितेको छ । निर्धारित दुरी २ घण्टा १८ मिनेट ४९ सकेण्डमा पार गर्दै सेनाको ‘टिम ए’ले उपाधि उचालेको हो ।
यस्तै, सेनामै ‘टिम बी’ दोस्रो भयो । उसले निर्धारित दुरी २ घण्टा २८ मिनेट ३४ सेकेन्डमा पुरा ग¥यो । तेस्रो भएको एपीएफले २ घण्टा ३१ मिनेट २१ सेकेन्डको समय लगायो ।
प्रथम भएको आर्मीको ‘टिम ए’ले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख र तेस्रो हुने एपीएफले ७५ हजार रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा आर्मी, एपीएफ, राष्ट्रिय क्लब र महिला सहित १३ टोली सहभागि भएका थिए । जसमा अन्तर्राष्ट्रिय रुपमा बेलायतको ब्रिटिस गोर्खाज टिम, बंगलादेश, श्रीलंकाले भाग लिएका थिए ।
प्रत्येक टिममा ४ जनाका दरले ५२ जना सहभागि थिए । प्रतियोगितामा ६ दशमलव ७ किलोमिटर दौड, २६ किलोमिटर साईक्लिङ र ११ किलोमिटर ¥याफ्टिङ्ग गरेर ४३ दशमलव ७ किलोमिटर दुरी निर्धारण गरिएको थियो ।
प्रतियोगिताको आयोजना नेपाली सेनाले गरेको थियो ।