बियान्कालाई युएस ओपन टेनिसको उपाधि

एजेन्सी । युएस ओपन टेनिसको महिलातर्फको उपाधि युवा खेलाडी बियान्का एन्ड्रीस्क्युले जितेकी छिन् ।
उपाधि भिडन्तमा सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन् ।
सेरेना करियरको २४ औ ग्रान्डस्लाम जित्न पुन एक पटक असफल रहिन् ।
३७ बर्षिया सेरेनाले १९ बर्षकी बियन्कासंग खेल ६–३ र ७–५ को सेटमा गुमाउन पुगिन ।
१५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भईन् ।

'यो बर्ष सपना सत्य भएको छ ।' बियन्काले भनेकी छिन् ।
'म आभारी छु । वास्तवमा म धन्य छु । यो क्षणका लागि मैले कडा मेहनत गरेको थिए । सेरेनाविरुद्व यस स्तरमा खेल्नका लागि निकै उद्भुत महशुश गरिरहेको छु ।' उपाधि जितेपछि उनले भनेकी छिन् ।

सेरेना पुन चौथा पटक मुख्य प्रतियोगिताको फाईनलमा निराश बन्न पुगिन् । उनी घरेलु मैदानमा कीर्तिमानी ग्रान्डस्लाम जित्न असफल भईन् ।
'बियन्काले अविश्वसनीय खेलिन् ।' विलियमले भनिन्, 'म निकै गर्वको महशुश गर्छु र निकै खुसी छु । उनी निकै अविश्वसनीय टेनिस थियो ।'





-1776255486335.jpeg&w=3840&q=75)



-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)