नाडाल युएस ओपनको उपाधि नजिक
शनिबार, २१ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको सेमिफाइनलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।
फाइनल पुग्ने क्रममा दोस्रो वरियताका नाडालले बेरेट्टिनीमाथि ७-६(८-६), ६-४ र ६-१ को सेटमा जित निकाले ।
१८ पटकको ग्राण्डस्लाम विजेता नाडालले अब उपाधिका लागि रुसका डानिल मेडभेदेबसँग खेल्ने छन् । फाइनल आइतबार हुनेछ ।
मेडभेदेबले सेमिफाइनलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई पराजित गरे । मेडभेदेबले दिमित्रोभमाथि ७-६ (७-५),६-४ र ६-३ को सेटमा जित निकाले ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)