नाडाल युएस ओपनको उपाधि नजिक
शनिबार, भदौ २१, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको सेमिफाइनलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।
फाइनल पुग्ने क्रममा दोस्रो वरियताका नाडालले बेरेट्टिनीमाथि ७-६(८-६), ६-४ र ६-१ को सेटमा जित निकाले ।
१८ पटकको ग्राण्डस्लाम विजेता नाडालले अब उपाधिका लागि रुसका डानिल मेडभेदेबसँग खेल्ने छन् । फाइनल आइतबार हुनेछ ।
मेडभेदेबले सेमिफाइनलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई पराजित गरे । मेडभेदेबले दिमित्रोभमाथि ७-६ (७-५),६-४ र ६-३ को सेटमा जित निकाले ।






1686853912-1760864621059.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

