नाडाल युएस ओपनको सेमिफाइनलमा
बिहिबार, भदौ १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको क्वाटरफाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
दोस्रो वरियताका नाडालले डिएगोमाथि ६-४, ७-५ र ६-२ को सेटमा जित निकाले ।
अब १८ पटकको ग्राण्डस्लाम विजेता नाडालले अब फाइनल प्रवेशका लागि इटालीका माटियो बेरेट्टिनीसँग खेल्ने छन् ।
बेरेट्टिनीले फ्रान्सका गाइल मोनफिल्सलाई ३-६, ६-३, ६-३, ३-६ र ७-६ को सेटमा पराजित गर्दै पहिलो पटक युएस ओपनको सेमिफाइनलमा स्थान बनाएका थिए । यस्तै उनको यो पहिलो ग्राण्डस्लाम टेनिसको सेमिफाइनल समेत हो ।






1686853912-1760864621059.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

