काठमाडौं । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा दक्षिण कोरियामा सम्मानित भएका छन् ।
नेपालमा तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष राणालाई दक्षिण कोरियाको सरकारले सम्मान गरेको हो ।
कोरियाको राजधानी सोलमा बुधबार आयोजित एक कार्यक्रमका कोरियाली खेलकुद सहायकमन्त्री रोह ताई काङले राणालाई सम्मानित गरे ।
कोरियाले तेक्वान्दो दिवसको अवसरमा अध्यक्ष राणालाई सम्मान गरेको हो । कोरियाले हरेक वर्षको सेप्टेम्बर ४ को दिनलाई तेक्वान्दो दिवस मनाउने गर्छन् ।
यस्तै कोरियाले अध्यक्ष राणासँगै अमेरिकी नागरिक यो युङ जुङलाई पनि सम्मानित गरेको छ ।
यस अघि कोरियाली नागरिकहरुलाई मात्र प्रदान गरिएको यो सम्मान पहिलो पटक विदेशी नागरिकलाई प्रदान गरिएको हो ।