सेरिना युएस ओपनको सेमिफाईनलमा
बुधबार, १८ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । सेरिना विलियम्स युएस ओपन टेसिनको सेमिफाईनलमा प्रवेश गरेकी छिन् ।
क्वार्टरफाईनलको खेलमा चीनियाँ खेलाडी वाङ् छयाङ्लाई हराउँदै सेरिनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् । उनले खेल जित्न मात्र ४४ मिनेटको समय लगाईन् ।
उनले १८ औ वरियताकी खेलाडीलाई ६–१ र ६–० को सेटमा पाखा लगाईन् ।
आठौं वरियताकी सेरिना कीर्तिमानी २४ औ ग्रान्डस्लाम जित्ने अभियानमा रहेकी छिन् ।
उनले युक्रेनकी पाँचौ वरियताकी इलिना स्भिटोलिनासंग अब प्रतिस्पर्धा गर्नेछिन् ।
६ पटक युएस ओपन जितेकी सेरिनाले सन् २०१७ पछि कुनै ग्रान्डस्लाम जित्न सकेकी छैनिन् ।
जसले गर्दा अष्ट्रेलिया मार्गरेट कोर्टको सर्वाधिक ग्रान्डस्लामको कीर्तिमान उनीले बराबरी गर्न चुकिरहेकी छिन् ।
पछिल्लो बर्ष उनी दुई ग्रान्डस्लामको फाईनल पुगेर उपाधि जित्नबाट बञ्चित भएकी थिईन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)