नाडाल युएस ओपनको क्वाटरफाइनलमा
मंगलबार, भदौ १७, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान भएको चौंथो चरणको खेलमा क्रोएसियाका मारिन सिलीचलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
दोस्रो वरियताका नाडालले मारिनलाई ३-१ को सोझो सेटमा पराजित गरे । नाडालले मारिनमाथि ६-३, ३-६, ६-१ र ६-२ को जित निकाले ।
अब १८ पटकको ग्राण्डस्लाम विजेता नाडालले क्वाटरफाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानसँग खेल्ने छन् ।
पुरुषतर्फ नै फ्रान्सका गाइल मोनफिल्सले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
महिलातर्फ शीर्ष वरियताकी जापानी नाओमी ओसाका क्वाटरफाइनलबाट बाहिरिएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

