एजेन्सी । साविक विजेता नओमी ओसाका युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छिन् । अन्तिम १६ को खेलमा स्विटजरल्याण्डकी बेलिन्डा बेन्सिससंग ७–५ र ६–४ को सेटमा पराजित हुदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
हारसंगै २१ बर्षिया ओसाकाको विश्व नम्बर एक वरियता समेत खोसिएको छ । अष्ट्रेलियाकी एसलिघ बार्टी महिला टेनिस वरियताको शीर्ष स्थानमा पुगेकी छिन् ।
ओसाकालाई हराएकी १३ औ वरियताकी बेनकिकले अब क्वार्टरफाईनलमा डोना वेककसंग खेल्नेछिन् ।
'म कोर्टमा आउनका लागि निकै उत्साहित थिए । चुनौती ठुलो नहुन सक्थ्यो । नाओमी एक महान खेलाडी हुन र पछिल्लो बर्ष उनले युएस ओपन जितेकी थिईन् ।' बेन्सिसले भनिन्, 'मलाई खेलको शीर्ष स्थानमा रहनु थियो । र म वास्तवमा खुसी छु । कि मैले कसरी खेलेको छु ।'
'उनीसंग निकै ठुुलो शक्ति छ । मैले चेस जसरी खेल्ने प्रयास गरे । दाबेदारिता दिन कोर्टमा एक रणनीति बनाउन कोशिश गरिरहेको थिए ।' उनले भनिन् ।
ओसाकाले पछिल्लो बर्ष सेरेना विलियम्सलाई हराउँदे युएस ओपन टेनिसको उपाधि जिततेकी थिईन् । उनी बेन्सिसविरुद्वको खेलमा चोटका कारण निर्क संघर्ष गरिरहेकी देखिन्थिन् ।
'मेरो लागि, अहिले मलाई निकै दुखको अनुभुती भईरहेको छ । तर मलाई यो पनि लागिरहेको छ, प्रतियोगिताको दौरान मैले धेरै कुरा सिकेको छु ।' ओसाकाले भनिन् ।