जोकोभिक युएस ओपनबाट बाहिरिए
सोमबार, १६ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।
साविकको विजेता जोकोभिक सोमबार भएको चौंथो चरणको खेलमा रिटायर्ड हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
कुमको चोट बल्झिएपछि जोकोभिकले स्टान वावरिन्काविरुद्धको खेल बिचैमा त्यागेका हुन् ।
जोकोभिक तेस्रो सेटको खेल दौरान रिटायर्ड भएका थिए । जुन खेलमा जोकोभिक वावरिन्कासँग ६-४, ७-५ र २-१ को सेटले पछि परेका थिए ।
जोकोभिक रिटायर्ड भएपछि वावरिन्का भने क्वाटरफाइनलमा पुगेका छन् ।







-1776255486335.jpeg&w=3840&q=75)



-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)