जोकोभिक युएस ओपनबाट बाहिरिए
सोमबार, भदौ १६, २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।
साविकको विजेता जोकोभिक सोमबार भएको चौंथो चरणको खेलमा रिटायर्ड हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
कुमको चोट बल्झिएपछि जोकोभिकले स्टान वावरिन्काविरुद्धको खेल बिचैमा त्यागेका हुन् ।
जोकोभिक तेस्रो सेटको खेल दौरान रिटायर्ड भएका थिए । जुन खेलमा जोकोभिक वावरिन्कासँग ६-४, ७-५ र २-१ को सेटले पछि परेका थिए ।
जोकोभिक रिटायर्ड भएपछि वावरिन्का भने क्वाटरफाइनलमा पुगेका छन् ।








1686853912-1760864621059.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

