सेरेना युएस ओपनको चौंथो चरणमा
शनिबार, भदौ १४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् ।
शुक्रबार राति भएको खेलमा चेक खेलाडी कारोलिना मुचोभालाई पराजित गर्दै सेरेनाले चौंथो चरणमा स्थान बनाएकी हुन् ।
आठौं वरियताकी सेरेनाले कारोलिनालाई ६-३ र ६-२ को सेटमा पराजित गरिन् ।
६ पटकको च्याम्पियन सेरेनाले अब पेट्रा मार्टिचसँग खेल्ने छिन् ।
यस्तै विश्व नम्बर दुई एस्लेइघ बार्टीले ग्रीकका मारिया सक्कारीलाई ७-५ र ६-३ ले हराएर चौंथो चरणमा स्थान बनाएकी छिन् ।
तेस्रो वरियताकी कारोलिना प्लिस्कोभा र जोहन्ना कोन्टाले पनि दोस्रो चरणको यात्रा तय गरेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
